- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । धनगढीमा क्षेत्रीय शहरी विकाय आयोजना अन्तरगतका सडक विस्तारको काम शुभारम्भ गरिएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर २ एसपिए कलेज लाईनमा सडकमा पर्ने पर्खाल भत्काई शहरी विकास आयोजनाको सुरुवात गरिएको हो । एसपिए कलेजको पर्खाल फोड्दै धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृप बहादुर वडले धनगढीको विकास सूरु भएको बताए ।
धनगढीको समग्र विकासको एजेण्डा पहिलेदेखी नै चल्दै आएको भएतापनि अहिले स्थानिय आफै सहयोगमा उत्रिएका छन् । क्षेत्रीय शहरी विकास आयोजनामा धनगढीका ११ किलोमिटर बाटो परेको र सो आयोजनाको पहिलो चरणको काम आजबाट सूरुवात भएको नगरप्रमुख वडले बताए । उनले भने, विकासका लागि सडकमा परेका घर र पर्खाल भत्काउन स्थानिय आफै अग्रसर बनेकोमा खुशी छु ।
धनगढीको विकास चाहँदै आफ्नो संरचना आफै भत्काउनेहरुलाई नगरपालिकाको तर्फबाट सम्मान र प्रोत्साहन पनि गछौँ, नगरप्रमुख वडले भने, घर पर्नेहरुलाई तिर्नुपर्ने करबाट छुट दिन्छौँ, नयाँ घर निर्माण गर्नेलाई निःशुल्क नक्शा दिन्छौं । केहि अवस्थामा स्थानियकै विरोधका कारण विकास ओझेलमा परेको सम्झिदै नगरप्रमुख वडले स्थानियको सहयोग मिले १२ महिनामा ११ किलोमिटरको सडक निर्माण गर्ने दाबी गरे ।
विकासको शुभारम्भमा यसरी भत्काईयो सडकमा परेका पर्खाल । हेर्नुहोस् फोटो फिचरमा…









