×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कोरोना कहरकाबीच धनगढीमा पठनपाठन सञ्चालन, ११ तस्विरमा हेर्नुहोस् यस्तो छ सुरक्षा व्यवस्था ! (फोटो-कथा)

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । कोरोना महामारीकाबीच धनगढीमा पठनपाठन सञ्चालन गरिएको छ । लामो समयदेखी बन्दाबन्दीको मारमा परेको शिक्षा क्षेत्रलाई निरन्तरता दिने उद्धेश्यका साथ धनगढी उपमहानगरपालिका वडा नम्बर १५ मा विद्यालय सञ्चालनमा आएका हुन् । 
विद्यार्थिको भविष्यप्रति चिन्ता गर्दै अभिभावकहरुको दबाव आउन थालेपछि विद्यालय सञ्चालन गर्ने निर्णय गरको वडा नम्बर १५ का अध्यक्ष फुलराम चौधरीले बताए । उनले भने, ‘विद्यार्थिको सम्पुर्ण जिम्मेवारी अभिभावक स्वमं आफैले लिने सहमति भएपछि पठनपाठन सञ्चालन गरेका हौँ ।’ त्यस्तै विद्यालयमा पनि सुरक्षा मापदण्ड पुर्ण रुपमा प्रयोग गरेको विद्यालयका शिक्षकहरुले बताएका छन् । 
भिडभाड नहोस् भनि जोरबिजोर प्रणालीका आधारमा विद्यालय दैनिक रुपमा सञ्चालन गरेको शिवगंगा आधारभुत विद्यालयका प्रअ रामशाह रानाले बताए । त्यस्तै सोही वडामा रहेको राष्ट्रिय आधारभुत विद्यालयका प्रअ अमरसिंह तारामी मगरले विद्यार्थिको सहजताका लागि विद्यालयमा प्राथाना र टिफिन टाईम नगरेको र मुख्य पाँच विषय सञ्चालन गरेको बताए । उनले भने, ‘उचित सुरक्षा मापदण्ड पालना गरेका छौँ तर पनि जोखिम त छँदै छ ।’
बाँकी फोटो फिचरमा हेर्नुहोस्…



Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: