×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इसेवा र कुबेतकाे युएई एक्सचेञ्जबीच सम्झौता, अव कुबेतबाट सजिलै इसेवामा पैसा पठाउन सकिने

PRIME CA
GLOBAL IME BANK

इसेवा र कुबेतकाे युएई एक्सचेञ्जबीच सम्झौता, अव कुबेतबाट सजिलै इसेवामा पैसा पठाउन सकिने

२५ कार्तिक २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । इसेवा मनि ट्रान्सफर र कुबेतकोे ख्यातिप्राप्त रेमिट्यान्स कम्पनी युएई एक्स्चेञ्जबीच रेमिट्यान्स सेवा सुरू भएको छ । यो सेवा सुरू भएसँगै कुबेतमा रहेका नेपालीहरूले युएई एक्स्चेञ्जका २३ वटा शाखाबाट नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवावालेटमा पैसा पठाउन सक्नेछन् ।
यसका साथै अब कुबेतबाट नगदमा पठाइएको रकम नेपालभर रहेका ८ हजारभन्दा धेरै इसेवामनि ट्रान्सफरका एजेन्ट तथा इसेवावालेट एप मार्फत पनि प्राप्त गर्न सकिनेछ । साथै इसेवा वालेटमा पैसा पठाउदा ७५० फिल्स मात्र सेवा शूल्क लाग्नेछ । त्यसै गरी बैंक खातामा पठाएइको रकम तत्कालै तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ ।
युएई एक्स्चेञ्जले छिट्टै नै इसेवामनि ट्रान्सफरको सेवा आफ्नो अनलाइन मोबाइल एप मार्फत पनि सुरु गर्ने बताएकाे छ । रेमिट्यान्स् सम्बन्धी सम्झौता पत्रमा इसेवा मनि ट्रान्स्फरका तर्फबाट प्रबन्ध निर्देशक अजेश कोइराला र युएई एक्स्चेञ्जका तर्फबाट कार्यकारी प्रमुख कृष्ण कुमार यछारथले हस्ताक्षर गरे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: