×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महुली लघुवित्त वित्तीय संस्थाकाे सीईओमा गंगाधर पाण्डे, सञ्चालक समितिमा ६ जना नियुक्त

LAXMI SUNRISE BANK

महुली लघुवित्त वित्तीय संस्थाकाे सीईओमा गंगाधर पाण्डे, सञ्चालक समितिमा ६ जना नियुक्त

१० मंसिर २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाकाे प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा गंगाधर पाण्डे नियुक्त भएका छन् । मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई संस्थाको सीईओ पदमा नियुक्त गरेको हो ।
बैंठकले मंसिर ८ गतेदेखि नै लागू हुने गरी पाण्डेलाई आगामी ४ वर्षका लागि संस्थाको सीईओ पदको जिम्मेवारी दिएको हो । उनी यसअघि नवकिरण लघुवित्तमा पनि प्रमुख कार्यकारी अधिकृत (सिइओ) को जिम्मेवारीमा थिए । महुली लघुवित्त वित्तीय संस्था लिमिटेड र नवकिरण लघुवित्त वित्तीय संस्था ले हिजाे साेमबारदेखि एकीकृत कारोबार सुरू गरेका छन् ।
साथै, बैठकले अध्यक्ष प्रभु नारायण चौधरीसहित ६ सदस्यीय सञ्चालक समिति चयन गरेको छ । समितिको अध्यक्ष पदमा प्रभु नारायण चौधरी, सञ्चालकमा कमल प्रसाद बस्याल, भानुभक्त निरौंला, रोशन कुमार मंडर, केशव प्रसाद भण्डारी र सर्मिला राई छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी