- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं महानगरपालिका वडा नं. ३२ स्थित पेप्सीकोलामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले मंसिर १४ गते उक्त शाखा कार्यालय संचालनमा ल्याएको हो ।
यससंगै बैंकले काठमाण्डौं उपत्यकाभित्र १७ वटा शाखासहित सम्पुर्ण प्रदेशमा गरि देशभर सम्पुर्ण १०५ शाखा, ५१ एटीएम र गरिमा रेमिटका १०,००० भन्दा बढि एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । बैंकको प्रधान कार्यालय लाजिम्पाट, काठमाडौँमा रहेको छ ।