×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

जनरल इन्स्योरेन्सले गर्यो कमालको प्रगति, नाफा ३०७.६२ प्रतिशतले बढ्दा जगेडा कोषमा कति ? (विस्तृत विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमास २ करोड ३७ लाख ८५ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा अघिल्लो वर्षको यसैअवधिमा भन्दा ३०७.६२% ले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ५८ लाख ३५ हजार रुपैयाँ नाफा कमाएको थियो । 
यस्तै कम्पनीको यस अवधिमा खुद बिमा शुल्क २ करोड ७० लाख रुपैयाँले बढेर ९ करोड ७५ लाख ४१ हजार रुपैयाँ पुगेको छ भने बिमा कोषको आकार पनि १००.३१% ले बढेर ६ करोड २९ लाख रुपैयाँ पुगेको छ । जगेडा कोषमा ५ करोड ७२ लाख ८६ हजार रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ५१ पैसा र प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ ६६ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: