- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको चौंथो दिन बुधबार पनि सुनको मूल्य घटेको छ । मंगलबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजारले घटेर प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । दुई दिनको अन्तरालमा सुनको मूल्य झन्डै ३ हजारले घटेको हो ।
यता चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला एक हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७८ हजार ४ सय ५० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।