- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ६ सयले घटेर प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्लो समय सुनको मूल्यमा गिरावट आउँदा मानिसहरुलाई भने मूल्यमा केहि सहज भएको छ ।
यता चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला एक हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७७ हजार ७ सय ६० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ९ सय ८६ रुपैयाँ कायम गरेको छ ।