×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तिहारपछिको पहिलो दिनको कारोबारमा सुनको मूल्य घट्यो, चाँदीको मूल्य कति ? (विस्तृत विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

तिहारपछिको पहिलो दिनको कारोबारमा सुनको मूल्य घट्यो, चाँदीको मूल्य कति ? (विस्तृत विवरणसहित)

३ मंसिर २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । साताको कारोबारको चौंथो दिन बुधबार सुनको मूल्य घटेको छ । तिहार बिदापछि सुनको मूल्यमा सामान्य गिरावट आएको हो । गत शुक्रबार अन्तिम कारोबार भएर बन्द भएको बजारमा आज तोलामा १ सयको गिरावट आएको हो । गत शुक्रबार प्रतितोला ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । 
यता चाँदीको मूल्य भने १० रुपैयाँले बढेर प्रतितोला एक हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (बुधबार) प्रति १० ग्राम सुनको मूल्य ८१ हजार ५ सय ३५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी