- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ । सोमबार प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजार ८ सयले घटेर प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । लामो समयपछि सुनको मुल्य झन्डै २ हजारले घटेको हो ।
यता चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेर प्रतितोला एक हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७९ हजार ३ सय ५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ११ रुपैयाँ ५० पैसा कायम गरेको छ ।