- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको पाँचौ दिन बिहिबार सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ सयले घटेर प्रतितोला ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला एक हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम सुनको मूल्य ८२ हजार ४ सय ७५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ३७ रुपैयाँ ५ पैसा कायम गरेको छ ।