- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको पाँचौ दिन बिहिबार सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य स्थिर रहेर प्रतितोला एक हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (बिहिबार) प्रति १० ग्राम सुनको मूल्य ८१ हजार १ सय ९० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ४६ रुपैयाँ कायम गरेको छ ।