- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ५ सयले बढेर प्रति तोला ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला एक हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार प्रति १० ग्राम सुनको मूल्य ८१ हजार ४ सय ५० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २४ रुपैयाँ ५ पैसा कायम गरेको छ ।