Skip to content
LAXMI SUNRISE BANK

शुक्रबार बढेको सुनको मूल्य आज फेरी बढ्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ५ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा  कारोबार भइरहेको छ । 
यता, चाँदीको मूल्य २० रुपैयाँले बढेर प्रतितोला एक हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (आइतबार) प्रति १० ग्राम सुनको मूल्य ८३ हजार ७ सय ६० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ९३ रुपैयाँ कायम गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK