- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको ५.२५% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनसमा मूल्य समायोजनपछि सेयरको मूल्य ५७६ रुपैयाँ ७२ पैसा रहेको छ । बिहिबार यहि मूल्यलाई आधार मानेर सेयर कारोबार खुल्ला भएको छ । साथै, कम्पनीले मंसिर ४ गते हुने सभाका लागि बिहीबार (कात्तिक २० गते) देखि सभा हुने दिनसम्म बुकक्लोज गरेको हो ।
सभा कम्पनीको प्रधान कार्यालय श्री राज भवन, तीनकुने, काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ । सभामा ५.२५% बोनस सेयर दिने प्रस्ताव पेश गर्ने भएको छ । साथै, सञ्चालक समितिमा संस्थापक सेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने ५ जना र सर्वसाधारण सेयरधनीहबाट प्रतिनिधित्व गर्ने १ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ ।
हकप्रद सेयर सूचीकरण पश्चात पुँजी बढेर १ अर्ब ८७ करोड ७० लाख ४० हजार रुपैयाँ कायम भएको छ । सञ्चालक समितिले प्रस्ताव गरेको ९ करोड ८५ लाख ४४ हजार ६०० रुपैयाँ बराबरको बोनस सेयर वितरण पश्चात यस इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ९७ करोड ५५ लाख ४८ हजार रुपैयाँ पुग्नेछ ।