- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका नवनिर्वाचित अध्यक्ष विवेक दुगडले सपथ ग्रहण गरेका छन् । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँ समक्ष नवनियुक्त अध्यक्ष दुगडले आफ्नो पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।
मंसिर ४ गते सम्पन्न कम्पनीको दशौं वार्षिक साधारण सभा पछि बसेको नव निर्वाचित संचालक समितिको १६२ औं बैठकले दुगडलाई सर्वसम्मतिबाट संचालक समितिको अध्यक्षमा चयन गरेको थियो । यससँगै दुगड़ले बीमा समितिले जारि गरेको बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिक २०७५ को दफा ३ को उपदफा (४) बमोजिम मंसिर ८ गते बिहान ११ः३० बजे बीमा समितिमा पद तथा गोपनीयताको सपथ दिएका हुन् ।
उक्त सपथ ग्रहण समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेल र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईको समेत उपस्थीती रहेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्