- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आइएमई जनरल इन्स्योरेन्सले ३ करोड ५४ लाख ४६ हजार रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा २९.१७% ले बढी हो । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले २ करोड ७४ लाख ५२ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यस्तै यस अवधिसम्म आउँदा कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक १३ रुपैयाँ ११ पैसा र प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ६७ पैसा रहेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको बिमा कोषको आकार ४३.८७% ले बढेर ३७ करोड ४४ लाख १० हजार रुपैयाँ पुगेको छ । खुद बिमा शुल्क भने घटेको छ । अघिल्लो वर्ष १६ करोड ५१ लाख २ हजार रुपैयाँ रहेको यसको खुद बिमा शुल्क यस वर्ष १५ करोड ८० लाख ३३ हजार रुपैयाँमा सीमित भएको छ ।