- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाले २ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनमा ५६ लाख ९८ हजार रुपैयाँ बढी हो। गत वर्षको सोही अवधिमा संस्थाले १ करोड ६१ लाख रुपैयाँ कमाएको थियो ।
यो समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी करोड ३० लाख रुपैयाँमा सिमित रहेको छ। गत वर्ष संस्थाले यही अवधिमा ३ करोड ९२ लाख रुपैयाँ कमाएको थियो । त्यसैगरी, संस्थाको सञ्चालन मुनाफा २ करोड ५५ लाख रुपैयाँबाट घटेर २ करोड ३ लाख रुपैयाँमा झरेको छ।
यो असोज मसान्तसम्ममा संस्थाले ७२ करोड ४२ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब १६ करोड ६ लाख रुपैयाँ सापटीबाट २ अर्ब ७२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २० करोड ७४ लाख रुपैयाँबाट बढेर २२ करोड ८१ लाख ४० हजार रुपैयाँ पुगेको छ। त्यसैगरी, लघुवित्तको जगेडा कोषको आकार ८ करोड ६४ लाख रुपैयाँबाट बढेर १२ करोड २४ लाख रुपैयाँ पुगेको छ।
यता संस्थाको प्रतिसेयर आम्दानी ३८ रुपैयाँ २३ पैसा, प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ ६८ पैसा र मूल्य आम्दानी अनुपात २०.७० गुणा कायम भएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्