×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माउण्टेन इनर्जीको आइपीओ बुधबारसम्म किन्न पाइने, यस्तो छ कारण !

अर्थ सरोकार

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलवार

PRIME CA

माउण्टेन इनर्जीको आइपीओ बुधबारसम्म किन्न पाइने, यस्तो छ कारण !

अर्थ सरोकार

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलवार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । माउण्टेन इनर्जी नेपालको आइपीओमा भोली (बुधबार) सम्म आवेदन दिन पाइने भएको छ । कम्पनीले कात्तिक २६ गतेबाट खुला गरेको आइपीओमा बुधबार कार्यालयसमयसम्म आवेदन दिन सकिने भएको हो । आज (मंगलबार) सार्वजनिक विदा परेका कारण आवेदनको समय बुधबारसम्म लम्ब्याइएको हो । 
कम्पनीले १०० रुपैयाँ अंकित दरमा १९ लाख ६८ हजार २७ कित्ता सेयर बिक्री खुला गरेको हो । यसमध्ये २% अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीलाई र ५% अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी १८ लाख ३० हजार २६५ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । 
तर माउण्टेनको उक्त आइपीओमा माग भन्दा बढी आवेदन परिसकेको छ । कम्पनीले जारी पुँजीको २०% अर्थात ३९ करोड ३६ लाख ५ हजार ४ सय रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । 
यसमध्ये, पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयलाई १९ लाख ६८ हजार २७ कित्ता आइपीओ बिक्री गरेको थियो । यस आइपीओमा नबिल इन्भेष्टमेन्ट बैंकिङ र सीबीआइएल क्यापिटलले बिक्री प्रबन्धकको काम गरेका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: