×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

“…यहाँ कोरोनाको छ चिन्ता तिमी कर-कर भन्छौ, साच्चै नबुझ्ने हौ की नबुझ्ने जस्तै बन्छौ ?”

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । कोरोना भाइरसका कारण देश आर्थिकमन्दीको सामाना गरिरहेको छ । संक्रमणको जोखिमलाई मध्यनजर गर्दै गत चैत्र ११ गतेदखी देशव्यापी रुपमा गरिएको लकडाउनमा सम्पुर्ण क्षेत्र संकटमा पर्यो । व्यापार व्यवसाय चौपट भयो, अर्थतन्त्र नाजुक बन्दै गयो । त्यसबीचमै सरकारले तिनुपर्ने कर बुझाउनका लागि आदेश जारी गर्यो । 

कर बुझाउनको लागि राजस्व कार्यालय पुगेका धनगढी उपमहानगरपालिकामा व्यापार गर्दै आएका रुद्र शाही निकै चिन्तित देखिन्थे । एकातिर कोरोनाको कहर त अर्कोतिर सरकारलाई तिर्नुपर्ने कर । व्यापार सञ्चालन गर्न नपाउँदा चिन्तित बनेका शाहीलाई निकै ठूलो संकट सृजना भयो । उनले भने, ‘जसोतसो कर चुक्ताका लागि जनता सम्बन्धित राजस्व त पुगेँ तर कर बुझाउनेको उदेग लाग्दो भिडले थप चुनौती सृजना गर्यो ।’ 

शाहीजस्तै कर बुझाउनकै लागि सयौँको संख्यामा नागरिक राजस्व कार्यालय धनगढीमा पुगेका थिए । बिहानदेखी लाईनमा बस्दा बस्दा सास्ती भोग्नुपरेको गुनासो अर्का सेवाग्राही अमृत चौधरीले गरे उनले भने, ‘कोरोनाको डर त छँदै थियो सरकारको आदेशले झनै चिन्तित बनाएको छ ।’ ‘समयमा कर नतिरे फाईनमा परिएला भन्ने पिरले यहाँसम्म त पुगियो तर कोरोना लाग्ने पिरले झनै पिरोलेको छ’, उनले भने । 

दैनिक रुपमा कोरोना भाइरसको संक्रमण तिव्र गतिमा फैलिरहेका बेला राजस्व कार्यालयको भिडले संक्रमणलाई गिज्याईरहेको छ । राजस्व कार्यालयमा पुग्ने सेवाग्राहीकोबीचमा सामाजिक दुरी नहुँदा जोखिम झनै बढी देखिन्छ । कतिपयले त झनै मास्कको प्रयोग समेत गरेका छैनन् । यसरी सरकारी कार्यालयमा देखिने लापरवाहीले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारलाई चुनौती सृजना गरिरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: