×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चीनले उइगुर समुदायमाथी दमन गरेको बिरोधमा काठमाडौमा प्रदर्शन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

चीनले उइगुर समुदायमाथी दमन गरेको बिरोधमा काठमाडौमा प्रदर्शन

Artha Sarokar

३ मंसिर २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपालका मुस्लिम समुदायले चिनियाँ दमनविरूद्द प्रदर्शन गरेका छन् । उइगुर मुस्लिम समुदायमाथि चीनमा भइरहेको दमन, शोषण अन्त्य गर्न माग गर्दै मुस्लिम समुदायले विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागिहरुले काठमाडौंको पुरानो बसपार्कबाट पद्मकन्या क्याम्पससम्म विरोध -याली गरेका थिए ।
जमीअत उलमाए नेपालले उइगुर समुदायमाथि चीनमा भइरहेको अत्याचार बन्द माग गर्दै प्रदर्शन गरेको हो । उइगुर समुदायमाथि दमन गरेर जघन्य अपराध गरिरहेको चीनले मुस्लिम समुदायको संस्कृतिमाथि नै प्रतिवन्ध लगाउने काम गरेको जमीअत उलमाए नेपालका सल्लाहकार युनुस हमरले बताए ।
मुस्लिम समुदायका व्यक्तिहरुपनि शान्तिका पक्षरहेको उल्लेख गर्दै उनले अन्य धर्मका मानिसहरुजस्तै स्वतन्त्र रुपले बाँच्न पाउने अधिकारको ग्यारेण्टी गर्नुपर्ने माग गरे । प्रदर्शनमा सहभागिहरुले ‘चीनमा उइगुर मुस्लिममाथिको अत्याचार बन्द गर’, उइगुर मुस्लिमलाई स्वतन्त्रता देउ’, उइगुर मस्लिमको मानवअधिकार बहाली’ गर जस्ता नारा लगाएका थिए । बिहीबार नै उनीहरुले नेपालस्थित चिनियाँ दूतावास अगाडी धर्ना समेत दिएका छन् । -पब्लिक न्युज एजेन्सी
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी