Skip to content
LAXMI SUNRISE BANK

कुमारी बैंकका कार्डबाहक ग्राहकले पवन मिस्ठान भण्डारबाट समान खरिद गर्दा ५% छुट पाइने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कुमारी बैंक लिमिटेड र बुटवलस्थित उच्च गुणस्तरीय पेडा तथा मिठाईहरुका लागी प्रसिद्ध पवन मिस्ठान भण्डारसंग सम्झौता गरेको छ । उक्त सम्झौता पश्चात् कुमारी बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुले पवन मिस्ठान अन्तर्गतका मिठाई पसल र रेस्टुरेन्टमा पेडा, मिठाई लगायात अन्य खाद्यवस्तुहरुमा ५% छुट प्राप्त गर्न सक्नेछन् । 
मिठाई र व्यञ्जनहरु हाम्रा चाडपर्व तथा उत्सवहरुको एक अभिन्न अंग रहँदै आएका छन् । यसै बीच सम्पूर्ण नेपालीहरुको महान उत्सव दीपावली नजिकिँदै गर्दा, आफ्ना ग्राहकवर्गले गुणस्तरीय व्यञ्जन लगायत मिठाईहरुमा आकर्षक छुट प्राप्त गरी उक्त महोत्सव आफ्ना परिवारजनसँग हर्षोल्लासका साथ मनाउन सकुन भन्ने अभिप्रायले उक्त सम्झौता गरिएको बैंकका पधाधिकारीले जानकारी दिएका छन् । सो सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका लुम्बिनी प्रदेश प्रमुख राम मणि अधिकारी र पवन मिस्ठान भण्डारका प्रोप्राइटर पवन कुमार हलवाईले हस्ताक्षर गरे।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK