Skip to content
LAXMI SUNRISE BANK

‘लक्ष्मी पूजा’ को पर्खाइमा ‘सिंगारिएको माहोल’, १० तस्विरमा हेर्नुहोस् धनगढीमा जे देखियो…! (फोटो-कथा)

अर्थ सरोकार

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । हरियो घाँस खाएर गाईले गोब्य्राएको गोबर अनि त्यसै गोबरले लिपेको हरियो हरियो नेपथ्यको रङ्गको पूरापूरी ओभानो नभइसकेको आँगन, कमेरो माटोले या राता माटाले माटाकै भित्ता पोतेको घर अनि हरियो गोबरले लिपेको, केराका थम्बाहरुले बनाएको द्वार, थम्बामा दियो राख्न बाँसका साना साना टुक्रा घुसारिएका टेकोहरू, आँगनमा मिठो मिठो आउने सेलरोटी, अर्सा अनि अर्नसाको वासना । प्याट्ट पुट्ट गरेर पड्किरहेका पटाका, झिरझिर गरिरहेको छुरछुरी (झिरझिरे), आकाश छुँला जस्तो गरि उज्यालोको फोहोरा छर्ने फुलझरी लगायतका रौनकहरु आजको दिनको विशिष्टता हो ।
आजको दिन राती अबेरसम्म धनधान्यकी देवी माता लक्ष्मी भगवानको पूजा अर्चना गरिन्छ । आज विशेष गरी लक्ष्मी पुजाको अवसरमा धनगढीको माहोल सजिएको छ । केराको थम्बाले गेट बनाइएका छन् भने रंगोली बनाउनेदखी सम्पुर्ण तयारी थालिएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्…

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK