×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लुम्बिनी विकास बैंकको प्रथम त्रैमास: खुद नाफा १५.४५ प्रतिशतले बढ्यो, अन्य सुचकको कस्तो छ अवस्था ? (विवरणसहित)

PRIME CA

लुम्बिनी विकास बैंकको प्रथम त्रैमास: खुद नाफा १५.४५ प्रतिशतले बढ्यो, अन्य सुचकको कस्तो छ अवस्था ? (विवरणसहित)

२१ कार्तिक २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं। लुम्बिनी विकास बैंकले आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले ११ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको तुलनामा १५.४५% धेरै हो । गत वर्षको यहि अवधिमा बैंकले ९ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 
यस्तै, बैंकको खुद ब्याज आम्दानी भने २३% ले घटेको छ भने सञ्चालन नाफा १५.३४% ले बढेको छ। गत वर्ष ३० करोड ६९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरे बैंकले यस वर्ष घटेर २४ करोड ९५ लाख रुपैयाँमा खुम्चिएको छ । बैंकको सञ्चालन नाफा भने १५ करोड ९६ लाख रुपैयाँ पुर्याएको छ । 
चुक्ता पुँजी २ अर्ब ७१ करोड रुपैयाँ रहेको यसको रिजर्भ कोषमा १ अर्ब ४४ करोड रुपैयाँ छ । बैंकले रिटेन्ड अर्निङ शीर्षकमा २१ करोड रुपैयाँ छुट्याएको छ । बैंकको खराब कर्जा २% बाट बढेर २.३६% भएको छ । यसको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ४५ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ ९८ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: