×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

माछापुच्छ्रे बैंकको सामाजिक कार्य : लुम्बिनीमा पर्यटक प्रतिक्षालय निर्माण

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । माछापुच्छ्रे बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पर्यटक प्रतिक्षालय बनाएको छ । देश तथा विदेशबाट लुम्बिनी घुम्न आउने पर्यटकहरुलाइ लक्षित गरी बैंकले उक्त प्रतिक्षालय निर्माण गरेको हो । बैंकका लुम्बिनी प्रदेश प्रमुख उज्ज्वल पाण्डेले उक्त प्रतिक्षालय लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्रमणि शाक्य र परियोजना प्रबन्धक सरोज भट्टराईलाई हस्तान्तरण गरे । 
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा बिभिन्न संघ संस्था तथा सुरक्षा निकायका विभिन्न अंगहरुलाई भौतिक सहयोग तथा दैवी प्रकोपबाट प्रभावितहरुको उद्धार र पुर्नस्थापनामा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ भने देशका विभिन्न स्थानहरुमा वृक्षारोपण, वित्तीय साक्षरता लगायतका कार्यक्रमहरुको आयोजना समेत गर्दै आएको छ । 
बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु १३३ शाखा रहित बैकिङ्ग सेवा तथा ५ शाखारहित बैंकिङ्ग समेत गरी जम्मा २९३ स्थानबाट ग्राहकमा बंैकिङ्ग सुबिधा प्रदान गर्दै आएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: