- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्था र नवकिरण लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार मंसिर ८ गतेदेखि हुने भएको छ । दुई लघुवित्त वित्तीय संस्थाबीच एक-आपसमा मर्जर गएपछि महुली लघुवित्त वित्तीय संस्थाको नामबाट मंसिर ८ गतेदेखि एकिकृत कारोबार सुरु हुने भएको हो ।
यी दुवै संस्थाको बैशाख १७ गते सम्पन्न विशेष साधारणसभाले मर्जर गर्ने निर्णय गरी राष्ट्र बैंकलाई अनुमतिको लागि पत्र पठाएको थियो । यता राष्ट्र बैंकले मर्जरमा जान कार्तिक १९ गते स्वीकृति प्रदान गरेको थियो ।