
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं। मिथिला लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाको १ करोड ५७ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । यो नाफा गत वर्षको तुलनामा २४२.५२% धेरै हो । गत वर्ष संस्थाले ४६ लाख २ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
यस्तै, संस्थाको खुद ब्याज आम्दानी ३६.१३% ले बढेर २ करोड ५६ लाख रुपैयाँ पुर्याएको छ । गत वर्ष संस्थाले १ करोड ८८ लाख रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो। सञ्चालन नाफा पनि ७१ लख ८४ हजार रुपैयाँबाट बढेर २ करोड १५ लाख रुपैयाँ पुगेको छ ।
यो असोज मसान्तसम्म संस्थाले ४१ करोड १६ लाख रुपैयाँ निक्षेप संकलन गरेर १ अर्ब ४५ करोड ५८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । हाल यसको चुक्ता पुँजी १२ करोड १७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८ करोड ४५ लाख रुपैयाँ रहेको छ ।
यता, संस्थाको खराब कर्जा भने १.३८% ले खुचिएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५१ रुपैयाँ ७९ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ४७ पैसा रहेको विवरणमा उल्लेख छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्