Skip to content
LAXMI SUNRISE BANK

मुक्तिनाथ विकास बैंकको नाफा २८.५८% ले बढ्यो, प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ ८३ पैसा, अन्य सूचकको अवस्था कस्तो ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २९ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा २८.५८% ले धेरै हो । अघिल्लो वर्षको यसैअवधिमा बैंकले २२ करोड ८७ लाख ६४ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।
यस्तै यसअवधिमा बैंकको वितरण योग्य नाफा ३३.११% ले बढेर १५ करोड २१ लाख ९१ हजार रुपैयाँ पुगेको छ । बैंकका दुई सूचक खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि बढेका छन् । खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः १२.७९% र २८.९८% ले बढेको हुन् । बैंकको प्रतिसेयर आम्दानी वार्षिक २७ रुपैयाँ २१ पैसा र प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ ८३ पैसा रहेको छ। 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK