×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ विकास बैंकको लाजिम्पाटमा केन्द्रीय कार्यालय भवन शिलन्यास, १३८ स्थानमा पुग्यो शाखा !

LAXMI SUNRISE BANK

मुक्तिनाथ विकास बैंकको लाजिम्पाटमा केन्द्रीय कार्यालय भवन शिलन्यास, १३८ स्थानमा पुग्यो शाखा !

१५ मंसिर २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मुक्तिनाथ विकास बैंकले काठमाण्डौ महानगरपालिका वडा नं. ३, लाजिम्पाटस्थित आफ्नै जग्गामा केन्द्रीय कार्यालय भवन निमार्णको लागि भूमी पूजा तथा भवनको शिलन्यास गरेको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष भरतराज कालले भवनको भूमी पूजा तथा शिलन्यास गरेका छन् ।
छिट्टै भवन निर्माण सम्पन्न गरी आफ्नै भवनमा केन्द्रीय कार्यालय स्थानान्तरण गरी सेवालाई थप स्तरीयता र सवल बनाउन बैंकले जनाएकाे छ । उक्त शिलन्यास कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरु, सेयरधनी तथा ग्राहक महानुभावहरु र कर्मचारीहरु उपस्थित रहेका थियो ।
बैंकले कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार र प्रणालीलाई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटिएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरेकाे छ । हाल बैंकको १३८ वटा शाखाहरु रहेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी