×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुम्बई आक्रमण : पाकिस्तानलाई आतंकवादको प्रश्रयलाई बन्द गर्न माग गर्दै बृहत मोटरसाइकल र्‍याली

PRIME CA
GLOBAL IME BANK

मुम्बई आक्रमण : पाकिस्तानलाई आतंकवादको प्रश्रयलाई बन्द गर्न माग गर्दै बृहत मोटरसाइकल र्‍याली

१३ मंसिर २०७७, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । २६ नोभेम्बर २००८ को राति मुम्बईमा भएको आतंकवादी नरसंहारको विरोध गर्नै बृहत मोटरसाइकल र्‍याली निकालिएको छ । पाकिस्तानस्थित आतंकवादी समूहको योजना अनुसार करिब ६० घण्टासम्म भएको निरन्तरको गोलाबारीमा १७० जनाको मृत्यु भएको थियो ।
२६/११ मुम्बई आतंककारी हमलामा मारिएका निर्दोष भारतीयहरुको सम्झनामा राष्ट्रिय एकता अभियानले मोटरसाइकल र्‍याली निकालेको छ । र्‍यालीमा दर्जनौं व्यक्तिहरु सहभागी थिए । अभियानले जनकपुरमा मोटरसाइकल र्‍याली निकालेको हो । 
उक्त आक्रमणमा मारिएका निर्दोषहरूप्रति अभियानले श्रद्धाञ्जली समेत व्यक्त गरेको छ । अभियानले निकालेको र्‍यालीमा ‘आतंकवादलाई प्रश्रय दिन बन्द गर, आतंकवादको अन्त नै विश्व शान्तिको आगमन र आतंकवादलाई प्रश्रय दिने देश अपराधी’ लगायतका नारा लगाइएको थियो । 
अभियानका संयोजक विनय यादवले पाकिस्तानमा लुकेका आन्तकवादीहरूलाई कारबाही नहुन्जेलसम्म विश्व शान्ति कायम हुन नसक्ने बताए । हमलाकारीले मुम्बईका दुईवटा पाँचतारे होटल, सिएसटी रेलवे स्टेशन, नरिमन हाउस र मेट्रो सिनेमासहित १२ ठाउँलाई निशाना बनाएका थिए । 
उक्त हमलामा ९ जना आतंकवादीहरुलाई भारतीय सुरक्षा फौजले मारेको थियो भने एकजनालाई सन् २०१२ मा कानुनी प्रक्रियाका क्रममा फाँसी दिइएको थियो । नेपालमा पनि पाकिस्तानविरुद्धका नाराबाजीहरु लाग्‍ने गरेका छन् । -पब्लिक न्युज एजेन्सी 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: