×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पहिलो त्रैमासमा नागरिक लगानी कोषको नाफा २०.६३% बढ्यो, अन्य सूचकहरुको अवस्था कस्तो ? (विस्तृत विवरणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ७ मंसिर २०७७, आईतवार

PRIME CA
laxmi sunrise bank

पहिलो त्रैमासमा नागरिक लगानी कोषको नाफा २०.६३% बढ्यो, अन्य सूचकहरुको अवस्था कस्तो ? (विस्तृत विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १४ करोड ५९ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । संस्थाको यो नाफा गत वर्षको तुलनामा २०.६३% धेरै हो । अघिल्लो वर्ष कोषले १२ करोड १० लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । 
यस्तै संस्थाको खुद ब्याज आम्दानी ६२ लाख ५० हजार रुपैयाँ बढेर ३ करोड १२ लाख ५० हजार रुपैयाँ पुगेको छ भने सेवा शुल्क तथा कमिसन आम्दानी पनि २२ करोड ९५ लाख रुपैयाँ पुगेको छ । कम्पनीको सेयर पुँजी १ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । 
असोज मसान्तसम्म कोषले मुद्दति निक्षेपमा ९१ अर्ब १२ करोड रुपैयाँ राखेको छ भने संगठित संस्थाको सेयरमा ११ अर्ब ७३ करोड रुपैयाँ लगानी गरेको छ । जगेडा कोष पनि ४ अर्ब ६७ करोड ८८ लाख रुपैयाँबाट बढेर ८ अर्ब २८ करोड ४८ लाख ५० हजार रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २३८ रुपैयाँ रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: