×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेसनल माइक्रोफाइनान्सको खुद नाफा ४ करोड २० लाख ४ हजार रुपैयाँ, अन्य सूचकको कस्तो छ अवस्था ? (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL

नेसनल माइक्रोफाइनान्सको खुद नाफा ४ करोड २० लाख ४ हजार रुपैयाँ, अन्य सूचकको कस्तो छ अवस्था ? (विवरणसहित)

२७ कार्तिक २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । नेसनल माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाले ४ करोड ८ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।यो नाफा गत वर्षको तुलनमा २.७२% ले कम हो । गत वर्षको यसैअवधिमा संस्थाले ४ करोड २० लाख ४ हजार रुपैयाँ नाफा कमाएको थियो । 
यस्तै, संस्थाको खुद ब्याज आम्दानी ९६ हजार रुपैयाँले घटेर ८ करोड ६७ लाख ९ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यसैअवधिमा संस्थाले ८ करोड ६८ लाख ५ हजार रुपैयाँ मात्रै खुद ब्याज आम्दानी कमाएको थियो । यता, सञ्चालन नाफा पनि २.७२% ले घटेर ६ करोड ४८ लाख ५७ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यसले ६ करोड ६६ लाख ७३ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो । 
असोज मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी २६ करोड ४० लाख ४५ हजार र जगेडा कोषमा २५ करोड ३५ लाख ९२ हजार रुपैयाँ छ । यता, कम्पनीको खराब कर्जा ०.५३% ले बढेर २.२८% पुगेको छ । यसअवधिमा संस्थाको प्रतिसेयर आम्दानी वार्षिक ६० रुपैयाँ ७३ पैसा र प्रतिसेयर नेटवर्थ १९६ रुपैयाँ ०४ पैसा रहेको विवरणमा उल्लेख छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी