नवलपरासी । नवलपरासीमा हत्या गरिएका सन्तको हत्यारालाई कारबाहीको माग गर्दै राष्ट्रिय एकता अभियानले प्रदर्शन गरेकाे छ। अभियानले शनिबार दिउँसाे काठमाडाैँकाे माइतीघर मण्डलामा सरकारविरूद्द प्रदर्शन गरेकाे हाे।कार्तिक ९ गते नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका वडा नं. ४ नर्सही, पश्चिम डाडी स्थिति हनुमान मन्दिरका पूज्य सन्त श्री महगु केवटको हत्या गरिएको थियो ।अभियानका संयाेजक विनय यादवले भने , ‘नेपालमा साधुसन्त समेत सुरक्षित नरहनु दुर्भाग्यपूर्ण हो । सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूको आस्थासँग जोडिएको साधु–सन्तहरुको सृंखलाबद्ध हत्या एवं साधु–सन्तमाथि सांघातिक आक्रमणले सम्पूर्ण सनातन समाज मर्माहीत तथा आक्रोशित भएको छ । उक्त अमानवीय घटनाको अभियानले कडा शब्दमा निन्दा गर्दछ । हत्यामा संलग्न अपराधीलाई यथाशीघ्र कानुनी दायरामा ल्याई सार्वजनिक गरी कारवाही गरियोस् साथै मृतक सन्तलाई सहिद घोषणा गर्दै सन्तसमाजको सुरक्षा–व्यवस्था मिलाउन सरकार समक्ष अभियानले माग गर्दछ ।’ -पब्लिक न्युज
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्