Skip to content
LAXMI SUNRISE BANK

नवलपुरको देवचुलीमा प्रभु बैंकको नयाँ शाखा विस्तार, शाखा सञ्जाल कति पुग्यो ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । प्रभु बैंक लिमिटेडले आज (बुधबार)बाट नवलपुर (नवलपरासीपूर्व) जिल्लाको देवचुली नगरपालिका–१५ स्थित प्रगतिनगरमा आफ्नो २११ औँ शाखा सञ्चालनमा ल्याएको छ।
नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा नवलपुरमा आफ्नो सेवा विस्तार गर्न सफल भएको हो। प्रगतिनगर शाखाबाट प्रवाह गरिने बैंकिङ सेवाबाट स्थानीय सेवाग्राही लाभान्वित हुने बैंकले विश्वास लिएको छ।
प्रभु बैंकले २११ वटा शाखा, १९५ वटा एटीएम, ५६ वटा एक्सटेन्सन काउन्टर तथा १७ वटा शाखारहित बैंकिङ सेवामार्फत अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रवाह गरिरहेको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK