- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल बंगलादेश क्यापिटलको दोस्रो वार्षिक साधारण सभा मंसिर ७ गते हुने भएको छ । उक्त सभा संस्थाको मुख्य कार्यालय कमलादी, काठमाडौंमा दिउसो २ बजे सुरु हुनेछ ।
सभामा कम्पनीले २ प्रतिशत नगद लाभांश वितरण गर्नेप्रस्ताव पेश गर्ने भएको छ । यसैगरी, गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतमा पनि छलफल गर्ने कम्पनीले जनाएको छ । लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने विषयमा पनि छलफल हुनेछ । नेपाल बंगलादेश क्यापिटल, नेपाल बंगलादेश बैंकको सहायक कम्पनी हो ।