×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल फाइनान्सको १२५% हकप्रद सेयर बिक्री खुला, कात्तिक ५ गतेसम्म कायम सेयरधनीले मात्रै आवेदन दिन पाउने !

PRIME CA
GLOBAL IME BANK

नेपाल फाइनान्सको १२५% हकप्रद सेयर बिक्री खुला, कात्तिक ५ गतेसम्म कायम सेयरधनीले मात्रै आवेदन दिन पाउने !

४ मंसिर २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । आज (बिहिबार) बाट नेपाल फाइनान्सको १२५% हकप्रद सेयर बिक्री खुला भएको छ । फाइनान्सले १ः१.२५ अनुपातमा १६ लाख ९७ हजार ५०६.२५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीको जारी गरेको हकप्रद सेयरमा कात्तिक ५ गतेसम्म कायम सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् भने सो सेयरमा मंसिर २४ गतेसम्म आवेदन दिन सकिनेछ । 
बिक्री प्रबन्धकमा प्रभु क्यापिटल कमलादी काठमाडौं तथा नेपाल फाइनान्सको केन्द्रीय कार्यालय, कमलादी काठमाडौं र अन्य शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै लगानीकर्ताले सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न सक्नेछन् ।  २५% हकप्रद निष्कासनपछि संस्थाको चुक्ता पुँजी ३० करोड ५५ लाख पुग्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: