
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल इन्स्योरेन्सले ५ करोड ४५ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको यो नाफा गत वर्षको यसै अवधिको भन्दा १०.९९% ले बढी हो । गत वर्षको यसै अवधिमा कम्पनीले ४ करोड ९१ लाख ४१ हजार रुपैयाँ नाफा कमाएको थियो ।
सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको खुद बिमा शुल्क र बिमा कोषको आकार पनि बढेको छ । कम्पनीको खुद बिमा शुल्क २०.१५% ले बढेर १९ करोड ५ लाख ४० हजार रुपैयाँ पुगेको छ भने बिमा कोषको आकार ४६.१९% ले बढेर ४५ करोड ५८ लाख ७० हजार रुपैयाँ पुगेको छ ।
१ अर्ब १५ करोड ३ लाख १३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३८ करोड ९२ लाख ८० हजार रुपैयाँ छ । यस्तै प्रतिसेयर आम्दानी १९ रुपैयाँ ९१ पैसा र प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ ४७ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्