×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल एसबिआई बैंकद्वारा लगानीकर्ताहरुलाई ९.४७% लाभांश दिने घोषणा, बोनस र नगद कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल एसबिआई बैंकद्वारा लगानीकर्ताहरुलाई ९.४७% लाभांश दिने घोषणा, बोनस र नगद कति ?

Artha Sarokar

५ मंसिर २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल एसबीआई बैंकले आफ्ना लगानीकर्ताहरुलाई ९.४७% लाभांश दिने भएको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ६% बोनस र करसहित ३.४७% नगद लाभांश दिने निर्णय गरेको हो । 
जसअनुसार बैंकले ५३ करोड ७३ लाख ७२ हजार ९३१ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ भने ३१ करोड ७ लाख ८० हजार रुपैयाँ नगद लाभांश बाँड्नेछ । नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्र उक्त लाभांश लगानीकर्ताहरुले पाउनेछन् । गत वर्ष बैंकले ६% बोनस र १०.८४% नगद लाभांश वितरण गरेको थियो । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी