
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल एसबीआई बैंकले आफ्ना लगानीकर्ताहरुलाई ९.४७% लाभांश दिने भएको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ६% बोनस र करसहित ३.४७% नगद लाभांश दिने निर्णय गरेको हो ।
जसअनुसार बैंकले ५३ करोड ७३ लाख ७२ हजार ९३१ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ भने ३१ करोड ७ लाख ८० हजार रुपैयाँ नगद लाभांश बाँड्नेछ । नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्र उक्त लाभांश लगानीकर्ताहरुले पाउनेछन् । गत वर्ष बैंकले ६% बोनस र १०.८४% नगद लाभांश वितरण गरेको थियो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्