![](https://arthasarokar.com/wp-content/uploads/2020/11/2-173.jpg)
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको ३ वटा कम्पनीको सेयर आज (आइतबार) बाट लिलामीमा बिक्री खुला गरेको छ । बैंकले ३ वटा कम्पनीको ५ लाख ३६ हजार ५५४ कित्ता संस्थापक सेयर आजबाट लिलामीमा बिक्री खुला गरेको हो । जसमा नागरिक लगानी कोषको २ लाख २ हजार ५६०, सूर्या लाइफ इन्स्योरेन्सको १ लाख ९३ हजार १९४ र एसियन लाइफ इन्सुेन्सको १ लाख ४० हजार ८०० कित्ता रहेको छ ।
यस लिलामीमा मंसिर १० गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । तीनै कम्पनीको लिलामी आवेदन एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट दिन सकिनेछ ।