
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनआइसी एसिया बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम दिन रहेको छ । मंसिर २१ गते वार्षिक साधारण सभा बोलाएको बैंकको २०% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । यस्तै बैंकले बुधबार मंसिर १० गतेबाट मंसिर २१ गतेसम्म बुक क्लोज गर्दैछ । जसअन्सुअर आजसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश दाबी गर्न पाउने छन् ।
बैंकको सभा बैंकको रजिष्टार्ड कार्यालय थापाथली, काठमाडौंमा बिहान ९ बजे भर्चुअल माध्यमबाट हुनेछ । सभामा बैंकले २०% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । एनआइसी एसियाले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १९% बोनस र कर प्रयोजनका लागि १% नगद लाभांश वितरण गर्न लागेको हो । कुनै वित्तीय संस्था गाभ्न परेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुँदैछ । यस्तै आर्थिक वर्ष २०७७–७८ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि सभामा पेश हुने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्