
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनआइसी एसिया क्यापिटलले शुक्रबार (मंसिर १२ गते)बाट एनआइसी एसिया डाइनामिक डेब्ट फन्ड बिक्रीमा ल्याएको छ । क्यापिटलले ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई बिक्रीमा ल्याएको हो । जसमध्ये १५% (७५ लाख) इकाई बिज पुँजीबापत कोष प्रवद्र्धक एनआइसी एसिया बैंकलाई छुट्याइएको छ भने बाँकी ४ करोड २५ लाख इकाई सार्वजनिक रुपमा बिक्री खुला गरिएको हो ।
यस फन्डमा मंसिर १६ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयसम्म सबै इकाई बिक्री नभएमा मंसिर २६ गतेसम्म खुला रहनेछ । यसमा न्यूनतम १० देखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यस योजनामा प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन पाइनेछ ।
लगानीकर्ताले सी–आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्