
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । भर्खरै मात्र सर्वसारधारणहरुमा शेयर निष्काशन भई बाँडफाँड गर्न बाँकी रहेको माउण्टेन इनर्जी नेपाल लिमिटेडले आफ्ना शेयरधनीहरुको शेयर दाखिल खारेज लगायतको शेयरसंग सम्बन्धीत सवै काम गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ ।
२०७७ मंसिर ४ गते विहिबार माउण्टेन इनर्जी र एनआईबिएल एस क्यापिटलबीच सेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएकोमा सोही मितिबाट उक्त सम्झौता लागु हुने समेत जनाईएको छ । अव उक्त शेयरहरु बाँडफाँड भई सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा अभौतिकिकरण तथा नेपाल स्टक एक्सचेज लिमिटेडमा सूचिकरण पश्चात बाँडफाँडमा परेका शेयरधनीहरुको शेयर हितग्राही खातामा जम्मा गर्ने लगायत शेयर रजिष्ट्रारको हैसियतले गर्नुपर्ने सम्पूण कामहरु एनआईबिएल एस क्यापिटल लिमिटेडबाट हुनेछ ।
उक्त सम्झौतामा माउण्टेन इनर्जीको तर्फबाट अख्तियार प्राप्त सञ्चालक डोलराज शर्मा र एनआईबिएल एस क्यापिटलका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत श्री मेख बहादुर थापाले हस्ताक्षर गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्