×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकद्वारा ५२ लाखभन्दा बढीको बीमा दावी भुक्तानी

PRIME CA
GLOBAL IME BANK

एनएमबि बैंकद्वारा ५२ लाखभन्दा बढीको बीमा दावी भुक्तानी

२० कार्तिक २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनएमबि बैंकले ५२ लाखभन्दा बढीको बीमा दावी भुक्तानी गरेको छ । बैंकले विभिन्न खाताहरुमा दुर्घटना र गम्भिर रोगहरु विरुद्ध प्रदान गरिने बीमा दावी भुक्तानी अन्तर्गत ५२ लाखभन्दा बढीको बीमा दाबी भुक्तानी गरेको हाे । बैंकले तलब खाता अन्तर्गत हालसम्म जम्मा ७ लाख ४१ हजार ७२२ र सहारा बचत खाता अन्तर्गत ४५ लाख २२ हजार ३७१ बीमा दावी भुक्तानी गरेकाे छ ।
बैंकले तलब खाताहरुको योजनामा शुन्य मौज्दातमै नेपाल भरी पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटिएमको साथै दश लाखसम्मको दुर्घटना बीमा प्रदान गर्दै आइरहेको छ भने सहारा खाता योजनामा नेपाल भरी पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटिएम, दश लाखसम्मको दुर्घटना बीमाको साथै १८ घातक रोगहरुमा स्वास्थ्य उपचार बीमा सुविधा प्रदान गर्दै आइरहेको छ ।
बैंकको इन्स्योरेन्स पार्टनरहरुमा एनएलजी इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, नेको इन्स्योरेन्स, रिलाईन्स लाइफ इन्स्योरेन्स, सागरमाथा इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनी रहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: