- अर्थ सरोकार सम्बाददाता
काठमाडौं। एनएमबि लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाको अधिकांश सूचक मजबुद भएको छ । यो चालु आर्थिक वर्षको पहिलो त्रैमासमा संस्थाले ३ करोड १२ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको सोहि अवधीको तुलनमा १०४.४१% धेरै हो । गत वर्ष संस्थाले १ करोड ५२ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
यस्तै, संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: ३२.४०% र १०७.५३% ले बढेको छ । अघिल्लो वर्ष ५ करोड ९९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाले यस वर्ष बढाएर ७ करोड ९३ लाख रुपैयाँ पुर्याएको छ । यता, सञ्चालन नाफा पनि २ करोड ३७ लाख रुपैयाँबाट बढेर ४ करोड ९३ लाख रुपैयाँ पुगेको छ ।
यो असोज मसान्तसम्म संस्थाले १ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल यसको चुक्ता पुँजी ४५ करोड ३६ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३० करोड ३२ लाख रुपैयाँ रहेको छ ।
यता, संस्थाको खराब कर्जा २.१०% मा सीमित भएको छ । संस्थाको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ५५ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ८५ पैसा रहेको विवरणमा उल्लेख छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्