- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्राइम कमर्सियल बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले आज (कार्तिक १८ गते)बाट लागु हुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार मुद्दती खातामा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७.२५ प्रतिशतसम्म रहेको छ । बैंकले न्यूनतम ३ महिनादेखि ६ महिनासम्मका लागि ५ प्रतिशत र अधिकतममा २ बर्ष भन्दा माथिका लागि ७ दशमलव २५ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने जनाएको छ ।