×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : तिहार एक महिना ढिला परेकाले तिहारसम्म फूलहरु जोगाउनै मुस्किल, हेर्नुहोस् देशभर अरु कहाँ-के भयो ?

LAXMI SUNRISE BANK
GLOBAL

देश बोल्ने फोटो कथा : तिहार एक महिना ढिला परेकाले तिहारसम्म फूलहरु जोगाउनै मुस्किल, हेर्नुहोस् देशभर अरु कहाँ-के भयो ?

२० कार्तिक २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले घरायसी सामाग्री बिक्री गर्दै हिँडेका व्यापारीदेखि देशभर अरु कहाँ-के भयोसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं । 

हेरौं फोटो समाचार :

बैतडीको दशरथचन्द नगरपालिका–१ मुस्याचौरमा ढकमक्क फुलेका फूल । यसपाली तिहार एक महिना ढिला परेकाले तिहारसम्म फूलहरु जोगाउनै मुस्किल भएको छ । 
बैतडीको दशरथचन्द नगरपालिका–१ मुस्याचौरमा ढकमक्क पूmलेका फूल । यसपाली तिहार एक महिना ढिला परेकाले तिहारसम्म फूलहरु जोगाउनै मुस्किल भएको छ । 
धनगढीको पुरानो भन्सार कटान गाउँमा व्यवसायिकरुपमा गरेको तरकारी खेतीमा धनिया गोडमेल गर्दै स्थानीय किसान । आठ बर्षदेखि जग्गा भाडा लिइ तरकारी खेतीको व्यावसाय गर्दै आएका ती किसानले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएको बताएका छन् ।
जिल्ला सदरमुकाममा रहेको बडीमालिका नगरपालिकाको बजार क्षेत्रमा स्काइभेटर मार्फत सडक निर्माण गर्दै । नगरपालिकाको सहयोगमा उक्त सडक निर्माण हुन लागेको हो ।
डोटीमा एक्कासी चिसो बढेपछि स्थानीय सामूदायिक वनबाट दाउरा लैजाँदै महिला ।
बागलुङ नगरपालिका–८ सिगानामा उत्पादन भएको बेसार । भान्सामा प्रयोग हुँदै आएको बेसार पछिल्लो समय कोरोना संक्रमणको रोकथामका लागि प्रयोग हुँदै आएको छ । 
पाल्पाको रैनादेवी छहरा वडा नं ५ मुझुङमा उत्पादित अदुवा ।
तिहार पर्व नजिकिदै गर्दा बिक्रीका लागि मुस्ताङबाट पोखरा, काठमाडौँ ल्याउँदै गरेका च्याङ्ग्रा । दशैँमा च्याङ्ग्राको व्यापार राम्रो नभएपछि व्यापारीहरु तिहार लक्षित गरी च्याङ्ग्रा ल्याउने गरेको बताउँछन । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी