
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले कोरोना कहरमा पनि कैलालीको मालपोत कार्यालयमा सेवाग्राहीको भिडदेखि देशभर अरु कहाँ-के भयोसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
कैलालीको मालपोत कार्यालय टीकापुरमा सेवाग्राहीको भीड । कार्यालयमा सीमित कर्मचारी हुँदा सेवाग्राहीले सहजै सेवा पाउन सकेका छैनन । सरकारले स्वास्थ्य मापदण्ड अपनाएर सेवा लिन र कर्मचारीलाई सेवा दिन आग्रह गर्दा पनि मालपोतमा भएको भीडका कारण कोरोनाको सङ्क्रमण अझ बढ्ने सङ्केत देखिएको छ ।








