×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाँचथर पावर कम्पनीको नाफा ४.५१% ले घट्यो, जगेडा कोष पनि ६ करोड ८४ लाख रुपैयाँ ऋणात्मक ! (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पाँचथर पावर कम्पनीको नाफा ४.५१% ले घट्यो, जगेडा कोष पनि ६ करोड ८४ लाख रुपैयाँ ऋणात्मक ! (विवरणसहित)

Artha Sarokar

७ मंसिर २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । पाँचथर पावर कम्पनीले चालु आर्थिक पहिलो त्रैमास वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले  चालु आर्थिक पहिलो त्रैमाससम्म आउँदा ७ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीको यो नाफा अघिल्लो वर्षको भन्दा ४.५१% ले थोरै हो । अघिल्लो वर्ष कम्पनीले ७ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
९६ करोड २५ लाख रुपैयाँ रहेको यस कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ९.१३% ले घटेसँगै नाफामा पनि गिरावट आएको छ । अघिल्लो वर्ष बिद्युत बिक्रीबाट १६ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीको यो त्रैमासमा घटेर १४ करोड ६१ लाख रुपैयाँमा सीमित भएको छ । साथै कम्पनीको जगेडा कोष भने ६ करोड ८४ लाख रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर आम्दानी २९ रुपैयाँ ६४ पैसा (वार्षिक) रहेको यसको प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ ८९ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी