×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : तिहार नजिकिएसँगै मखमली फूल टिप्दै कृषक, हेर्नुहोस् देशभर अरु कहाँ-के भयो ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार

PRIME CA
laxmi sunrise bank

देश बोल्ने फोटो कथा : तिहार नजिकिएसँगै मखमली फूल टिप्दै कृषक, हेर्नुहोस् देशभर अरु कहाँ-के भयो ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले तिहार नजिकिएसँगै मखमली फूल टिप्दै कृषकदेखि देशभर अरु कहाँ-के भयोसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं । 

हेरौं फोटो समाचार :

भक्तपुरको सूर्यविनायक नगरपालिका–७, गुण्डुमा ढकमक्क फूलेको मखमली फूल टिप्दै स्थानीय महिला ।
तिहार पर्व नजिकिएसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका–७, गुण्डुमा ढकमक्क फूलेको मखमली फूल टिप्दै किसान परिवार ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–७, गुण्डुमा मखमली फूलको माला उन्दै स्थानीय महिला । 
भक्तपुरको सूर्यविनायक नगरपालिका–७, गुण्डुका स्थानीयवासीले बेच्नका लागि उनेर राखेको मखमली फूलको माला । 
म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका दिनेश रावलले गरेको व्यावसायिक भैँसीपालन । तनहुँको एक्लेफाँटमा होटल गर्दै आएका रावल बन्दाबन्दीमा गाउँ फर्किएपछि भैँसीपालन सुरु गरेका हुन् ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१० मा धान झार्दै किसान ।
पाल्पाको रामपुरमा मेसिनले धान काट्दै किसान । कृषिमा आधुनिक प्रविधि अपनाउँदा कम समय, कम खर्च, थोरै जनशक्ति भए पुग्ने महशुस भएको उनीहरुमा बताउँछन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: