×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देश बोल्ने फोटो कथा : तिहार नजिकिएसंगै बढ्यो फलफूलको माग, माटाको भाँडा बनाउन भ्याईनभ्याई

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले तिहार नजिकिएसंगै बढ्यो फलफूलको मागदेखि माटाको भाँडा बनाउन भ्याईनभ्याईसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं । 

हेरौं फोटो समाचार :
भक्तपुरको कौशलटारमा फलपूल किन्दै सर्वसाधारण ।
नेपालीहरुको दोश्रो ठूलो महान चाड नजिकिदै गर्दा कोटेश्वरमा विशेष गरी लक्ष्मी पूजाको दिन पूजा गरिने लक्ष्मीको फोटो किन्दै सर्वसाधारण ।
भक्तपुरको लोकन्थलीमा तिहारको लागि बिक्रीमा राखिएको मखमली फूलको माला ।
नेपालीहरुको दोश्रो ठूलो महान चाड नजिकिदै गर्दा असनमा ढाका टोपी किन्ने युवतीको भीड ।
बैतडीको दशरथचन्द नगरपालिका–१ मुस्याचौरका किसान गाठेमल बिक्री गर्र्दै । यहाँको सुख्खा फलफूल विकास केन्द्रले तरकारी र बिरुवाका लागि गोठेमल किन्ने गरेको छ ।
पर्साको पोखरियामा बिहीबार असारे धान काट्दै महिला । करीब ७०हजार हेक्टरमा धान रोपाई भएको पर्सामा यस वर्ष प्रति हेक्टर करीब पाँच मैट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ ।
पोखरा महानगरपालिका–१५ लक्ष्मी मार्गमा किसानले लगाएका तिहारे फूल ।
बेँसीशहर नगरपालिका–८ भिमसेनस्थान चोक वरपर फुटपाथमा विभिन्न सामग्री खरिद बिक्री गरिँदै । भाइटिकाका लागि आवश्यक सामग्री खरिद गर्न पसलमा ग्राहकको भीडभाड लाग्ने गरेको छ । तिहार नजिकिएसँगै माटाको भाँडा बनाउन व्यस्त नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को पाल्हीनन्दन गाउँपालिका–५ गेरमाका राजकुमार कोहार ।
तिहार नजिकिएसँगै माटाको भाँडा बनाउन व्यस्त नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को पाल्हीनन्दन गाउँपालिका–५ गेरमाकी ७० वर्षीय धनमति कोहार ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: